लोड हुँदैछ...

मेनु

कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी नियुक्त

कोशी प्रदेश स्काउट आयुक्तमा भण्डारी नियुक्त

विराटनगर । नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । उनी धरानका हुन् ।

नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा भण्डारीलाई नियुक्त गरेका हुन्।

नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ ।

२०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी विस २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएका थिए। विस २०६७ सालमा झापाबाट स्काउट आधारभुत तालिम लिएर स्काउट लिडर बनेका भण्डारीले विस २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।