काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर उच्च अदालतमा मुद्दाको पुनरावेदन गर्न पाउने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनले जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको हो ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन् । जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा सन्दिपले दिएको पुनरावेदन मा अदालतले चैत १२ गते पहिलो तारेख दिएको छ ।