विराटनगर । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ ।एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा(प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा विरहीको पछिल्लो नवौँ कृतिको लोकार्पण गरिएको हो ।

लोकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीयर सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन हुने बताउँदै तेह्रथुमको साहित्यिक इतिहासले तेह्रथुमलाई चिनाउन मद्धत पुग्ने बताइन् । एउटा महत्वपूर्ण कार्य सम्पन्न गरेकामा लेखकलाई बभाई तथा शुभकामना दिइन् । तेह्रथुम जिल्लाकी सङ्घीय सांसदसमेत रहेकी गुरुङले सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन ।

यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयोग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने बताईन ।त्यसैगरी कार्यक्रममा प्रध्यापक डा.खगेन्द्रप्रसाद लुइटेलले यस किताबमा तेह्रथुमको साहित्यिक इतिहासको फेहरिस्ता भएको बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुटेका कुरालाई थप्दै जानू पर्ने बताए । उनले पाठकलाई यस कृतिमा देखिएका कमीकमजोरीलाई औंल्याइदिन पनि आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा आफ्नो सङ्क्षिप्त टिप्पणि प्रस्तुत गर्दै नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुलले यस कृतिले तेह्रथुमको साहित्यको मात्र नभएर त्यहाँ बस्ने मानिसको समेत सफा चित्र उतारेको बताइन् ।

कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिले एउटा क्याटलकका रूपमा काम गरेको बताए । पाठकले आफूलाई के मनपर्छ त्यही यस पुस्तबाट छानेर पढ्न सक्ने बताए ।

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरि नभएको बताउदै कृतिका बारेमा समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनु पर्ने पनि बताए ।।

लेखक केशु विरहीले आफूले यो कृति लेख्नकै लागि भनेर डेढ वर्षको पूरै समय खर्चेको बताउँदै थालेको काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारसमेत रहेका विरहीले प्रिबुकिझमार्फत् यो अभियान पूरा गर्न सहयोग गर्नेप्रति आफू आभारी रहेको बताउँदै धन्यवादको असली हकदार आफूभन्दा उहाँहरू रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य कवि तथा गजलकार बाबु त्रिपाठीले गरेका थिए भने कार्यक्रममको सञ्चालन सेसेमी लिम्बूको रहेको थियो ।

आठराई, तेह्रथुममा जन्म भई पछिल्लो समय मोरङलाई कर्मथलो बनाएर कलम चलाउदै आएका विरही कथा, उपन्यास, बालसाहित्य तथा अनुसन्धानका क्षेत्रमा कलम चलाछन् । उनका कहालिलाग्दा गोरेटाहरू ९उपन्यास० सहलेखन –२०५६, आमाको माया ९उपन्यास० –२०५७, दन्किएको आगो ९गजल सङ्ग्रह० –२०६३, सुस्केरा ९संयुक्त साहित्यिकसङ्ग्रह० –२०६३, भास्कर वंशावली ९वंशावली० –२०६५, सुलोचना ९कथासङ्ग्रह० –२०७१, रेस्माको स्यान्डल(बालकथासङ्ग्रह) –२०७७ आदि विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने २०७९ मा अनुसन्धानात्मक कृति बेलबारीको साहित्यिक इतिहास प्रकाशित भएको छ ।