विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि यादवले आइतवार प्रदेश सभामा विश्वासको मत लिएका हुन् । यादवको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा ३५ मत परेको थियो । मधेश प्रदेश सभामा कुल १०७ जना सदस्य छन् । १ सदस्य अनुपस्थित रहेकाले उपस्थित सांसदको बहुमत प्राप्त गरेको साभामुख रामचन्द्र मण्डलले घोषणा गरेका हुन् ।
उनले गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् ।
जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको उनलाई समर्थन रहेको थियो ।
नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९९ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यी सबैले विश्वासको मत दिए भने मुख्यमन्त्रीको पक्षमा ६५ मत पुग्छ ।
मधेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ र जनमत पार्टीका १३ सांसद छन् । राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ११ सांसद छन् ।