कोशीका नवनियुक्त स्वास्थ्य मन्त्रीद्वारा संघीय सरकारसँग मुटु रोग विशेषज्ञ चिकित्सक माग गर्ने निर्णय

विराटनगर । कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप सुनुवारले आज साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेपछि संघीय सरकारसँग मुटु रोग विशेषज्ञ माग गर्ने निर्णय गरेका हुन् । शैलजा आचार्य हृदयरोग केन्द्रलाई सहजढंगबाट संचालन र व्यवस्थापन गर्न जनशक्तिको अभाव भए पनि संचालन हुँदै अएकोमा दीर्घकालिन रुपमा पदपूर्ति गर्न समय लाग्ने भएकोले सो अवधिसम्मको लागि संघीय सरकारबाट छात्रवृति करारमा कार्यरत हृदयरोग विशेषज्ञ माग गर्ने निर्णय गरेका हुन् ।

गत माघ ८ गते कोशी प्रदेश सरकारले प्रदेशका मुटुरोगीहरुको निःशुल्क उपचार गर्ने भन्दै केन्द्र स्थापना गरेको हो । यो अस्पतालमा दक्ष जनशक्ति अभावले अहिले ओपिडि सेवा मात्रै संचालमा रहेको छ । अहिले अस्पतालमा एक जना मुटु रोग विशेषज्ञ चिकित्सकले मुटुका विरामिको उपचार गर्दै आएका छन् ।

शुक्रबार, २६ माघ, २०८०, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर