सुत्केरीको पेटभित्र कपडा छोडेर टाँका लगाएपछि…

संखुवासभा । जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र कपडा (गज) छोडिएको पाइएको छ । शल्यक्रिया गरिएकी सुत्केरीको पेटभित्र गज छोडिएका कारण शल्यक्रिया गरेकी सुत्केरीमा थप समस्या देखिएको थियो ।

गत माघ १३ जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षे तारा भण्डारीको पेटभित्र चिकित्सकले कपडा छोडेर टाँका लगाएको भेटिएको हो ।

शल्यक्रिया गरेर बच्चा निकालेको पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पालले डिस्चार्ज गरेको थियो । तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वानामा भर्ना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी भण्डारीको पेटबाट गज (कपडा) निकालिएपछि पुनः माघ २० गते जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा गज (कपडा) पेटभित्रै छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् ।

चिकित्सकको लापरबाहीले पुन अस्पताल भर्ना हुदाँसमेत आफैले खर्च बेहोर्नु परेको गुनासो उनले गरेकी छन् । सुत्केरी भण्डारी अहिले जिल्ला अस्पताल उपचार भइरहेको छ ।

बिहिबार, २५ माघ, २०८०, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर