कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा.रोशन

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाईको अध्यक्षमा डा.रोशन खड्का निर्वाचित भएका छन् ।

विराटनगरमा मंगलबार भएको इकाईको दोस्रो जिल्ला अधिवेशनबाट उमेशकुमार यादवलाई भारी मतान्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार खड्काले २१८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी यादवले ३५ मत मात्र पाए । उपाध्यक्षमा इन्दिरा भण्डारी १३५ मत ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी रेजिना राईले ११६ मत पाइन् ।

सचिबमा आनन्दकुमार सरदारले १२६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुनिल कामतले १०८ मत ल्याए । सह–सचिबमा ओम प्रकाश यादवले १३८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी पर्वत कार्कीले १०७ मत पाए । कोषाध्यक्षमा चन्दन यादवले १४३ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी रहेका विष्णुप्रसाद शर्माले १०३ मत ल्याए ।

यसैगरी सदस्यहरूमा विद्यालक्ष्मी सुवेदीले १४८, डा.भुपेशमान राजभण्डारीले २०४, बाबुराम गौतमले १७०, रमेशकुमार राजवंशीले १५४, जितनारायाण चौधरीले १५५, विजय डोमले १४०, सुवास निरौलाले १५९, सविना चौधरीले १८१, मोहनप्रसाद पौडेलले १५२, अनिलकुमार झाले १३६, चन्देश्वर साहले १५३, यशोदा तामाङले १५०, गंगादेवी कर्कीले १५६ मत ल्याएर निर्वाचित भए ।

कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइमा ३३० जना मतदाता थिए । जसमध्ये २७३ मत खसेको थियो । कोशी अस्पताल विकास समितिले नियुक्त गरेको कर्मचारीहरु इकाईमा आवद्ध रहेका छन् ।

बुधबार, १७ माघ, २०८०, साँझको ०५:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर