विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्की तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई पत्र पठाएका छन ।
मंगलबार मन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेख्दै मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर समस्याको हल गरिदिनआग्रह गरेका छन् ।
कायममुकायम उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, कर्मचारी र चिकित्सकको माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सबै अधिकार फिर्ता लिएको, आफू अनुकुलको व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको मेयर साम्पाङले आरोप लगाएका छन ।
प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका थिए। प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई नछाड्ने भन्दै उनले तालाबन्दी गरेका थिए ।