‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन

विराटनगर । ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन सुरु गरिसकेको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका थियो ।

हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ । हेस्टरका प्रमुख डा. सुलोचना श्रेष्ठले खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको बताउँदै त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको बताइन्

‘हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ,’ उनले भनिन ‘खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको छ ।’

आइतबार, १५ पुष, २०८०, बिहानको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर