काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान गंगालाल हृदयरोग केन्द्र पुगेर मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मुटुमा समस्या देखिएपछि मन्त्री श्रेष्ठलाई गएरति गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । त्यहाँ उनको मुटुको शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
डा.अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जिओप्लास्टी सर्जरी गरेको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठ हाल सघन उपचार कक्षमा उपचाररत छन ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको मन्त्रालयले जनाएको छ ।