प्रभावकारी बन्दै गर्भवती र सुत्केरीको उद्दार

संखुवासभा । संखुवासभा जिल्लामा गर्भवती तथा सुत्केरी महिला उद्दार कार्यक्रम प्रभावकारी बनेको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीहरुका लागिराष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई उद्दार प्रभावकारी देखिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुमा शल्यक्रियासहितको प्रसूति सेवा प्राप्त मात्रामा छैनन् । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारणजिल्लामा गम्भिर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।

जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्दार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले जानकारी दिइन् । हवाई उद्दार कार्यक्रममार्फत हालसम्म १६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्दार गरिएको छ ।

गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्दार कार्यक्रम अन्र्तगत २०७७ साल देखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरि विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताइन् । समयमै हवाई उद्दार भएकाले सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु बेहोर्नुपर्ने अवस्था हटेको उनको भनाइ छ ।

साउन महिनायता मात्र ६ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ । हवाई उद्दार कार्यक्रम अन्तर्गत भोटखोलाबाट ४ जना, सिलिचोङबाट ३ जना, मकालुबाट २ जना, सभापखेरीबाट १ जना, खाँदबारी नगरपालिका ५ जना र पाँचखपनबाट १ जनाको उद्दार गरिएको छ । उद्दार गरिएकाहरु १७ बर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

उद्दार गरिएका गर्भवतीको उमेर समूहले कलिलैमा विहे गरेको पुष्टि गरेको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाई भएका, गर्भमा नै बच्चाको मुत्यु भएका र सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क हवाई उद्दार गर्दे आएको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्दार गरी तोकिएका अस्पतालमा निःशुल्क पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।

सोमबार, १८ मंसिर, २०८०, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर