विराटनगर । कोशी प्रदेशमा डेंगुबाट सङ्क्रमितको सख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २३ हजार नौ सय पाँच जना सङ्क्रमित भएका हुन ।
कोशी प्रदेशमा(६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा रहेका छन । एक सय २८ जना (शून्य दशमलव ३ प्रतिशत) छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।
मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।
मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) सङ्क्रमण देखिएको छ ।
जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत)सङ्क्रमित भएका छन् ।
तनहुँमा चार हजार छ सय ५१ जना ,झापामा तीन हजार पाँच सय ८१ जना, धादिङमा तीन हजार एक सय ३० जना, मोरङमा दुई हजार दुई सय ७४ जना, कास्की जिल्लामा एक हजार चार सय ८१ जना र काठमाडौंमा आठ सय दुई जना सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना गुबाट सङ्क्रमित भएका छन् ।
कुल डेंगु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र स १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् ।
गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेंगु सङ्क्रमण देखिएको थियो ।