डाक्टर कुटपिट प्रकरण : आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

विराटनगर । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोष्णा गरीसकेका छन ।

‘नेपाल चिकित्सक संघबाट भदौ २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरेको थियो । सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघ बाध्यताबस भदौ ३१ गतेदेखि आन्दा्लका कार्यक्रम सार्वनिक गरेका छन ।

यही भदौ २७ गते डा. थापा र डा. विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो ।

गत बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर थापा तथा बिडारीलाई कुटपिट गरिएको थियो ।

डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सकमाथि हातपात तथा कुटपिट गरेका थिए ।

आइतबार, ३१ भदौ, २०८०, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर