देशैभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । स्थानीयतहरुले आज बजेट सार्वजनिक गर्दैैछन् । स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ ।

यसअघि ११ वटास्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका तिन, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

असार १० गते पेश गरेर असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

आइतबार, १० असार, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर