ग्रामथानमा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

ग्रामथान । ग्रामथान गाउँ पालिका मा आँखा,नाक, मुख, घाँटी र मोतिया विन्दु, जल विन्दु लगायत स्वास्थ्य सम्बन्धी एक दिने अन्तर्क्रिया सम्पन्न भएको छ।

सो अन्तरक्रिया मा गाउँ पालिका का शिक्षक, समाजसेवी,पत्रकार , स्वास्थ्यकर्मी लगायत को २५ जनाको सहभागिता रहेको थियो। अन्तरक्रिया मा आँखा, नाक, मुख,घाँटी , मोतिया विन्दु,जल विन्दु , आँखा पाक्ने रोग तथा उपचार , रोकथाम , निदान लगायत व्यक्तितथा विद्यार्थीहरू लाई रोग लाग्न नदिन अपनाइने सावधानीको बारे डा. अन्जनी झा,डा.अशोक चौधरीले सहजीकरण गरेका थिए ।

अन्तरक्रिया मा ग्रामथान गाउँ पालिका र स्वास्थ्य शाखाले समुदाय तथा शिक्षक, विद्यार्थी हरूलाई समय समय मा स्वास्थ्य सम्बन्धी गोष्ठी,तालिम दिनुपर्ने समाजसेवी विकास घिमिरे र शिक्षक अशोक लुइँटेल ले बताएका थिए।ग्रामथान गाउँ पालिका का स्वास्थ्य शाखा प्रमुख राज कुमार झा ले विद्यालयहरूमा पनि हप्तामा स्वास्थ्य, रोग लगायत विषयमा शिक्षक हरूले पनि कक्षा संचालन गर्नुपर्ने बताए थिए।

कार्यक्रममा सहभागी हरूले स्वास्थ्य सम्बन्धी टोल टोलमा तालिम , गोष्ठी जस्ता काय॔क्रम हरू गाउँ पालिका र स्वास्थ्य शाखाले संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए। स्वास्थ्य अन्तरक्रिया काय॔क्रममा ग्रामथान गाउँ पालिका का अध्यक्ष जय प्रकाश गच्छदार ले उद्घाटन गरेका थिए । ग्रामथान गाउँ पालिका को आयोजना तथा ग्रामथान गाउँ पालिका स्वास्थ्य शाखा को समन्वय मा गाउँ पालिका को सभा हलमा भएको थियो।

आइतबार, ०३ असार, २०८०, रातीको ०९:१२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर