काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका छन् ।
सोमवार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछिसंचारकर्मीसंग उनले भने सरकारले प्रस्तुत गरेकोे बजेटमा निजीक्षेत्रले दिएकासुझाव समेटिएको र सकरात्मक रहेको प्रतिक्रिया दिए ।
तर आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी रहेकोले तत्कालै प्रतिक्रिया दिन हतार हुने उनको भनाई छ ।उनले भने ‘आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ । बजेट धेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन् कार्यन्वयनमा नभएको परम्परगत चलन छ । केहि निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, ।’
उनलेपूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय राम्रो पक्ष रहेको धारणा राखे ।

