मन्त्रिपरिषद् बैठकले गर्‍यो आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो ।

आज ४ बजे अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।

सोमबार, १५ जेठ, २०८०, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर