विराटनगर । आइसिसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई विश्वकप छनोटमा पु¥याउन योगदान गर्ने क्रिकेटरहरू सम्मानित हुने क्रम जारी छ । यही क्रममा विराटनगर महानगरले ललित राजवंशी र दिपेश कँडेललाई नगद १ लाख १ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
विराटनगरका ललित राष्ट्रिय टोलीका र दिपेश यु–१९ टोलीका सदस्य हुन् । गएको आइतबार आइसिसी लिग २ अन्तर्गत युएईविरूद्धको खेलमा ललितले ५ विकेट लिएर करिअरकै उत्कृष्ट सफलता हात पारेका थिए । फाइनल सरहको युएईविरुद्धको अन्तिम खेलमा पनि ललितले किफायती बलिङ गर्दै १० ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए । कँडेलले यु–१९ विश्वकप छनोटको फाइनलमा युएईविरूद्ध ह्याट्रिक गरेपछि नेपाल यु–१९ विश्वकपमा पुगेको छ ।
राष्ट्रिय टोलीका सदस्य राजवंशी र अण्डर– १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । ‘नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर–१९ विश्वकप छनोटमा युएईविरूद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको छ’ महानगर प्रमुख नागेश कोइरालाको सचिवालयले भनेको छ ।