कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन

विराटनगर । कक्षा १२ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको परीक्षा बोर्डबो बैठकले गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा प्रकाशन गरेको हो ।

यो वर्ष ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १७९ रहेको छ । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७, २.८१ देखि ३.२० जीपीए ल्याउने ६५ हजार २८४, २.४१ देखि २.८० जीपीए ल्याउने ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउने १० हजार ९ सय र १.६१ देखि २.० जीपीए ल्याउने ३५ जना छन् ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १८५ जनाले परीक्षा दिएको बोर्डले जनाएको छ । प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक ल्याउनेहरु उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

शुक्रबार, १७ भदौ, २०७९, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर