विराटनगर । लायन्स क्लव अफ विराटनगर एलिटले विराटनगर १ स्थित सयपत्री परोपकार अधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा बालबालिकाको आँखा, नाक, कान, घाँटी तथा दात सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा विद्यालयका ७० जना विद्यार्थी र १० जना शिक्षकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेशनलका आइपिडिजी लायन रेवतबहादु कार्की, रिजन चेयर पर्सन बाबुराम ढकाल, एरिया चिफ भविश श्रेष्ठलगायतको उपस्थिति थियो ।

नयाँ व्यवस्था अनुसार कर तिरेकालाई आगामी आर्थिक वर्षमा लाग्ने करमा हिसाब मिलान गर्ने व्यवस्था मिलाउने निर्णय भएको समेत नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए ।