लोड हुँदैछ...

मेनु

बाढीपीडितको मेसमा मुख्यमन्त्री र मन्त्रीको खाना

बाढीपीडितको मेसमा मुख्यमन्त्री र मन्त्रीको खाना

बेलका (उदयपुर) । बाढी पीडित हुन् वा विपद्मा परेका अन्य पीडित नै किन नहुन्, उनीहरुले पाउने राहतको खाद्य सामग्रीको गुणस्तर सधैं निम्छरो हुने गुनासो उच्च हुने गरेको छ । यसपटक उदयपुरका कोशी पीडितका हकमा यो गुनासो छैन ।

बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिलामन्त्री केदार कार्की स्वयम्ले बाढी पीडितहरुकै मेसको खाना खाए । ‘हामीलाई प्रदेश सरकारबाट राम्रो खानेकुरा आएको छ’, प्रदेश सरकारप्रति आभारी पीडितहरु भन्दै थिए ‘कुहिएको चामल बाँड्छ अरे भन्थे यहाँ त्यस्तो छैन ।’

बुधबार बाढी प्रभावित क्षेत्रको अवलोकनपछि मुख्यमन्त्रीसहितका मन्त्रीहरु आकस्मिक रुपमा मेस प्रवेश गरेका थिए । उनीहरु प्रवेश गरेपछि खानाका लागि अनुरोध गरे । मेसमा खटिएकाहरुले ८–१० जनाका लागि सधैं बढी पाक्ने बताएपछि मुख्यमन्त्री र मन्त्रीहरु खान बसे । रहर दाल तथा आलु र सोयाबिनको तरकारीसँग उनीहरुले मेसमै खाना खाएका थिए ।

सप्तकोसी नदी गाँउमा पस्दा विस्थापित बनेकाहरुमध्ये धेरै अझै घर फर्कन सकेका छैनन् । उदयरपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ गते कोशी वस्तीमा पसेपछि बिस्थापित बने ३ सय भन्दा बढी अझै घर जान नसकेका हुन् । वडा नंं ३, ५, ८ र ९ का दुई हजार पाँच सय परिवार विस्थापित भएका थिए ।

उनीहरूमध्ये दुई हजार परिवार घर फर्किएपनि सय परिवारका ३ सयभन्दा धेरै अझै घर फर्कन नसकेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । बेलका नगरपालिका वडा नं. ८ को सेतीखोला ३ कठ्ठे चौरीमा नगरपालिकाले बाख्रा थुन्न बनाएको भवन र बेलका क्याम्पसमा विस्थापितहरु बसिरहेका छन । खोलामा पानीको सतह घटे पनि वेलका ३ को एविसी टापुमा पानी पसिरहेकाले उनीहरुलाई घर पठाउन समस्या भएको मेयर कार्कीले बताए ।

मुख्यमन्त्री राईसहितको सरकारी टोलीसँग वाढी पीडितहरुले दिर्घकालीन समाधान खोज्न माग गरेका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Prakash
August 10, 2022 9:15 PM

परदेशकाे नाम त राख साथीहाे के नाैट‌गी हाे ।

प्रतिक्रियाहरू बन्द छन्।