उर्लाबारी । उर्लाबारी नगरपालिकाले २८ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा मङ्गलवार (भोेली) स्थानीय बिदा दिएको छ ।
वडा कार्यालयहरू, विषयगत शाखा कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाद्वारा जारी सूचनामा २८ औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सबै नागरिकमा शुभकामना समेत व्यक्त गरिएको छ । आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्ले उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना समेत गरेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।