इटहरी । सुनसरीको रामधुनी –३ को दतकिच खोलाको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ३२ वर्षीय मग्न साहु सोही रहेको सुनसरी प्रहरीले जनाएको छ ।
खोलामा हातखुट्टा धुने क्रममा एक्कासी पानीमा डुबेर उनि बेहोस भएका थिए । घटनाको जानकारी पााएलगत्तै अस्थायी प्रहरी पोस्ट झुम्काबाट प्रहरी टोली साहुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।