लोड हुँदैछ...

मेनु

४१ प्रतिशत मत संघ र प्रदेशको चुनावमा ल्याउने एमालेका महासचिव पोख्रेलको दावी

४१ प्रतिशत मत संघ र प्रदेशको चुनावमा ल्याउने  एमालेका महासचिव पोख्रेलको दावी

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा काँग्रेसले चतुरियाई गरेको बताएका छन । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले संघ र प्रदेशको चुनावमा एमालेले स्थानियतहको ल्याएको मत ल्याउने दावी समेत गरेका छन ।

‘२० प्रतिशतमा काँग्रेसले एक्लै लड्ने रणनीति बनायो । अन्य दललाई एमालेसँग मिल्न पाइँदैन भन्यो । ४० प्रतिशतमा उसले सहयोगी खोज्यो । आफू कमजोर भएका ठाउँमा उनले सहयोगी खोजेको देखिन्छ । अन्य ४० प्रतिशत प्रतिस्पर्धा भने झन् रोचक बन्यो,’ उनले भने,‘सबै दलको गठबन्धन ४० प्रतिशतमा भएको देखिन्छ त्यसमा ४१ प्रतिशत एमालेले जितेको थियो ।’ एमलेले ४१ प्रतिश मत संघ र प्रदेशको चुनावमा पनि ल्याउने दावी गरेका छन ।

काँग्रेसले नीतिगत नेतृत्वको सामथ्र्य गुमाएको आरोप लगाएका छन् ।

‘नेपाली काँग्रेसबाट नेपाली जनताले नीतिगत नेतृत्व अपेक्षा गर्न सक्दैनन्,’ उनले भने,‘अहिलेको गठबन्धन भनेको नीति विहीनता, अवसर वाद र स्वार्थको हो भन्ने पुष्टि भएकाले काँग्रेस प्रति जनताको मोह छैन ।’

एमालेले सरकार छोड्दा मुलुकका शोधान्तर स्थिति बचतको अवस्थामा रहेको उनले बताएका छन् ।‘शोधान्तर स्थिति ७०/८० अर्ब बचत रहे पनि अहिले पौने ३ खर्व घटेको देखिन्छ,’ उनले भने ‘वैदेशिक मुद्राको संचिति ११ महिनाको वस्तु र सेवा आयत गर्ने अवस्था थियो । अहिले घटेर ६ महिनामा आइपुगेको छ । यही सरकार १ वर्षसम्म रहिरहने हो भने श्रीलङ्का जस्तो अवस्थामा पुग्न सक्थ्यो । अगाडि नै चुनाव घोषणा गरेकाले अब चुनाव पछि एमालेको नेतृत्वको सरकारले सुधार गर्छ,’ उनले भने ।

महासचिव पोखरेलले संसदमा अगाडि बढेको प्रधानन्यायाधीश महाअभियोग प्रकरणमा एमालेले सत्ता गठबन्धनले ल्याएका प्रमाणहरू अध्ययन गर्ने समेत बताएका छन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले आफू चोखो हुँ भनेर देखाउनका लागि सत्ता गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको समेत आरोप लगाए ।

अहिलेको महाअभियोग प्रकरणमा प्रधानमन्त्री स्वच्छ हुने प्रधानन्यायाधीश चाहिँ मुछिने भन्ने अवस्था नदेखिएको समेत उनले बताए ।

महासचिव पोखरेलले चुनाव घोषणा भएपछि संसद् स्वतः निष्क्रिय हुनुपर्ने भए पनि सङ्कटका बेला काम लाग्छ भन्ने हिसाबले गठबन्धनले अगाडि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।