विराटनगर । नेपाल स्काउटले आयोजना गरेको क्याम्पमा पुगेर प्रदेश १ सरकारका तीन जना मन्त्रीहरुले स्काउटमा सहभागी युवाहरुको हौसला बढाएका छन् ।
नेपाल स्काउट विराटनगर महानगरपालिका तर्दथ समितिले विराटनगर १२ बखरीस्थित नमूना बस्तीमा आयोजना गरेको तीनदिने सामुदायिक स्काउट क्याम्पमा प्रदेश १ सरकारका तीन जना मन्त्री सहभागी भएर रमाएका हुन् ।
शुक्रबारदेखि आयोजना भएको सामुदायिक स्काउट क्याम्पको उदघाटन गर्न प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागी पुगेका थिए । उनीहरु सबैजना क्याम्पमा सहभागी करिब तीन सय स्काउट बालबालिकाहरुसँग रमाएका थिए । क्याम्पको उद्घाटन कार्यक्रममा स्काउटर बालबालिकाहरुले मन्त्रीहरुलाई परेड प्रर्दशन गरेर स्वागत गरेका थिए ।
क्याम्प संयोजक दिवश राजवंशीले स्काउटमा आवद्ध बालबालिकाहरुलाई गरिब समुदायको अवस्था प्रत्यक्ष देखाएर विपद्को समयमा उद्धार र समाजिक कार्यमा उत्प्रेरित गराउन बस्तीमा क्याम्प आयोजना गरेको बताए । सहभागी सबै मन्त्रीहरुले विद्यालयमा स्काउटलाई सक्रिय बनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विराटनगर १२ मा प्रदेश सरकार, विराटनगर महानगरपालिका र दातृ निकायको सहयोगमा दलित समुदायका मुसहरहरुका लागि ५० भन्दा बढी नमूना घरहरु निर्माण गरिएको छ । हस्तान्तरण हुन बाँकी भएकोले उक्त स्थानमा स्काउटहरुको क्याम्प आयोजना गरेर समुदायको अवस्था प्रत्यक्ष देखाएर बुझाउने उद्देश्यले क्याम्प आयोजना गरेको सहायक क्याम्प प्रमुख आशिका लम्सालले बताइन् । उनकाअनुसार शुक्रबार उदघाटन गरेको स्काउट क्याम्प शनिबार राति क्याम्प फायर भएपछि आइतबार अन्त हुनेछ ।
स्काट क्याम्पमा सहभागी स्काउटरहरुले सामुहिक रुपमा आफैंले क्याम्प बनाएर खाना पकाएर खाने , बस्ने अनि प्रकोपमा उद्धार गर्दा अपनाउनु पर्ने विभिन्न विधिहरु सिक्ने गर्दछन् ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।