विराटनगर । मोरङको बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य विजय तुलाङ्गीलाई एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तुलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो ।
तुलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा शनिवार ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएका हुन् ।
ती किशोरीले दिएको उजुरी प्रहरीले दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी आएपछि अहिले अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । ‘अहिले उजुरी आएको छ,’ एसपी कोइरालाले भने, ‘घटनाको विषयमा हामीले अनुसन्धान सुरु गरेका छौँ ।’ प्रहरीले ती किशोरीको मेडिकल पनि गराइसकेको छ ।
इप्रका बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तुलाङ्गी फोन अफ गरी फरार भएका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य हुन् ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।