विराटनगर । विराटनगरका सौन्दर्यकर्मीहरूको लागि विराटनगरमा दुई दिने ‘माइक्रोब्लेडिङ्ग र माईक्रोसह्याडिङ्ग’ सम्बन्धी तालिम सुरु भएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरको आयोजना विराटनगरमा आइतबारदेखि दुई दिने निःशुल्क तालिम सुरु भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उप–महासचिव ममता प्रधानले गरिन् ।
सौन्दर्यकर्मीहरूलाई आफ्नो व्यवसायमा अपग्रेड गराउने उद्देश्यले माइक्रोब्लेडिङ्ग र माईक्रोसह्याडिङ्ग सम्बन्धी तालिम विराटनगरमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरकी अध्यक्ष अमिता पोखरेलले बताइन् । ‘यो तालिम यहाँका सौन्दर्यकर्मीहरूको लागि पहिलो पटक गरिएको हो,’ उनले भनिन्, ‘यस्तो यो तामिलले सौन्दर्यकर्मी महिलाहरूलाई अप ग्रेट गरेर लैजान सजिलो हुनेछ । त्यसैले तालिममा सिकेको सीप व्यवर्हारमा उतारेर लैजानुपर्दछ ।’
तालिममा १५० सौन्दर्यकर्मीको सहभागी रहेको गरेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगर महानगरकी सचिव भली सुब्बाले जानकारी दिइन् । कोभिड १९ सङ्क्रमणको कारणमा गर्न नपाएको यो तालिमसौन्दर्यकर्मीहरूको क्षमता अभिवृद्धिको लागि प्रभावकारी हुने उनले बताइन् । त्यसैले तालिम अवधिभरि बसेर ज्ञान हासिल गर्नुपर्ने बताइन् ।
तालिमको सहजीकरण राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सचिव तथा वरिष्ठ व्युटिसियन धनु कङदङवा ईङनामले गरेकी छिन् ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उप महासचिव ममता प्रधान, केन्द्रीय सदस्य गङ्गा तामाङ, प्रदेश उपाध्यक्ष ललिता धिमाल, सचिव कला डाँगीले तालिममा सिकेको सिप व्यवहारमा उतारेर सौन्दर्यकर्मीहरू आत्मनिर्भर तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । दुई दिने तालिमको समन्वय राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल र प्रदेशले गरेको छ ।

