विराटनगर । आइतबार बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।  बिहान सवा ८ बजे भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मात्तीम बिर्ता केन्द्रबिन्द्र बनाएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारी दिए ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै तथा विराटनगरमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।