लोड हुँदैछ...

मेनु

बालयौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ

बालयौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ

विराटनगर । बालयौन दुरुपयोग मुद्दामा सजाय पाएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान १५ काा ३१ वर्षे नगेन्द्र बराइलीलाई पक्राउ गरेको हो ।

सुनसरी जिल्ला अदालतले गत कात्तिक २७ गते बराइली विरुद्धको मुद्दामा सजाय निर्धारण गरेको थियो । अदालतले १ वर्ष ५ महिना १५ दिन कैद फैसला र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेपनि उनी पक्राउ परेका थिएनन् । प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई धरान १५ बाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।