लोड हुँदैछ...

मेनु

पूर्वराजा ज्ञानेन्द्र नाती हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु: रवीन्द्र मिश्र

पूर्वराजा ज्ञानेन्द्र नाती हृदयेन्द्रलाई  राजाको रुपमा देख्न चाहन्छु: रवीन्द्र मिश्र

विराटनगर । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन । हृदयेन्द्र पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हुन ।

हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना ।’

उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने समेत बताएका छन ।

संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।