विद्यार्थीको पहिलो रोजाइमा एभरेष्ट कलेज

विराटनगर । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएका कारण विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाइमा पर्दै आएको विराटनगर–५ स्थित एभरेष्ट कलेजले जनाएको छ ।

एभरेष्ट एजुकेशन फाउण्डसेन अन्तरगत रहेर सञ्चालित एभरेष्ट स्कुलसँगै कलेज पछि पछिल्लो समय विद्यार्थीहरुको आकर्षणमा परेको उनीहरुको दाबी छ ।

प्रशस्त खुला परिसर, अत्याधुनिक संरचनायुक्त भवन, शान्त वातावरण र पर्यावरणीय हिसाबले पनि अब्बल रहेको एभरेष्ट कलेज मुख्य प्रवेशद्धारबाट प्रवेश गर्दा देखिने हरियाली तथा फुलबारी, फुटबल, भलिबल मैदान, बास्केटबल कोर्ट, कबर्डहल तथा अन्तर्राष्ट्रियस्तरको स्वीमिङपुलले कलेजले सबैलाई लोभ्याउने गरेको बताइएको छ ।

खेलकुदका गतिविधिमा सहभागि हुने वातावरण मात्र नभई नियमित प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था मिलाएर कलेजले शिक्षण सिकाइमा पनि नवीन प्रयोगहरु गर्दै आएकोप्रति अभिभावकहरुले सन्तोष व्यक्त गरेका छन् ।

कलेजका प्रमुख टिकाराम पुरीले प्रविधिको यस युगमा विश्वस्तरीय जनशक्ति उत्पादन गर्न प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण बनाइएको बताए । हरेक कक्षा कोठा वातानुकुलित रहेको र प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाइ गर्ने गरिएको उनले जानकारी दिए ।
यस्तै हरेक विषयवस्तुको अनिवार्य प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिने गरेको छ । २०७२ सालबाट शुरु भएको यस कलेजले विज्ञान र व्यवस्थापन संकायको अध्ययापन गराउँदै आएको थियो ।

यस वर्षदेखि भने कानुन र होटल मेनेज्मेन्टको समेत अध्ययापन गराउने भएको छ । कलेजको प्रारम्भमा नै व्यवस्थापनसंकाय तर्फ पहिलो ब्याचका रुपमा सुनिधि केसी नेपाल प्रथम भएकी थिइन् भने सोही वर्ष विज्ञान संकाय तर्फ अनिश भण्डारी प्रदेश उत्कृष्ट भएका थिएन ।
दोस्रो ब्याचमा पनि यसै कलेजका आगात पोखरेल प्रदेश प्रथम भएको कलेजले जनाएको छ ।

यस्तै २०७५ सालमा देशभरकै संस्थागत विद्यालयबाट उत्कृष्ट दोस्रो हुँदै नेपाल सरकारबाट एभरेष्ट कलेजलाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको थियो । ‘राज्यबाट नै नगद २ लाख, राष्ट्रिय ध्वँजा, शिल्ड र प्रमाणपत्रले सम्मानित भएपछि यसको गरिमा कायम राख्न हामीले कुनै कन्जुस्याईं गरेनौं’ पुरीले भने ।

बिहिबार, १२ साउन, २०७९, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर