विराटनगर । धरानका्े एक होटलमा एक महिलाको शव फेला परेको छ । धरान-१८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।
होटलमा दुई दिनदेखि बसिरहेकी महिलाको शव भेटिएको हो । आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।
डिएसपी कुँवरका अनुसार मृतकको साथबाट सुमित्रा तामाङ नामको पाँचथर मिक्लाजुङ वतन खोलेको नागरिकता फेला परेको छ । सोही नागरिकताको आधारमा आफन्त बोलाइएको छ । उनको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको र कोही आफन्त सम्पर्कमा आएको भए पनि धरान आई नपुगेको डिएसपी कुँवरले बताए । आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने उनले बताए ।।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।