इटहरी । इटहरीचोकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण भएका छन । ती मध्ये दुइवटा पूलको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरे ।
इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गरेका हुन् । वडा नम्वर ४ स्थित टेंग्राखोला पुलवाट सवारी साधन चौक नआई धरान तर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पुल हुन ।
उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमुख्यमन्त्री भीम आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गरे । उनले विकास सवै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने बताए । निर्वाचनका वेला प्रतिष्पर्धा भएपनि निर्माणका वेला एकता हुनुपर्नेमा उनको जोड रहेको थियो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फडको मारेको दावी गरे । उनले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले ब्यापक पहल गरेको वताउदै वाहिरी चक्रपथ चाडै आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह गरे ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट वनाइसकेको जानकारी दिईन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।