विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षिय करुणा राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई प्रहरीले सार्वजानिक गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आज २ः१५ बजे पत्रकार सम्मेलन गरि सार्वजानिक गरिने भएको मोरङ प्रहरीका प्रवक्ता डिएसी मन्जिल मुकारूङले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका गिरीलाई इलका प्रहरी कार्यालय लेटाङले आइतबार कर्तब्य ज्यान र जवरजस्ती करणाी मुद्दामा मोरङ अदालतमा म्याद थप गरेको छ ।
इप्रका लेटाङले गिरी विरुद्ध म्याद थप गरेपछि पत्रकार सम्मेलनको लागि अहिले प्रतिवादीबादीलाई मोरङ प्रहरी कार्यालयमा पु¥याएको छ ।
बुधबार स्कुलबाट फर्कने क्रममा गिरीको हिंस्रक आक्रमणमा परेर बाटैबाट बेपत्ता बनेकी करुणाको शव शुक्रबार बिहान फेला परेको थियो ।
प्रारम्भीक अनुसन्धानका क्रममा गिरीले बलात्कारपछि मुख थुनेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बलत्कार गरेपछि पोल खुल्ने डरले गिरीले हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जनकारी दिए । गिरीले शव लुकाउन केराको झ्याङको खाडलमा ढुंगाले थिचेर गाडेका थिए । ‘मिहिन ढंगले अनुसन्धानपछि अपराधी पत्ता लगाउन सकियो,’ एसपी जिसीले भने, ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिँडेको बयानको क्रममा स्वीकार गरेका छन् । अहिलेसम्मको अनुसन्धानबाट गिरीको मात्र संलग्नता देखिएको छ ।’

