लोड हुँदैछ...

मेनु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको विराटनगर विराट चोक सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

हिजो साँझ ग्रामथान गाउँपालिका–५ बांगेमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री ग्रामथान–५ का ५५ वर्षीय शोभालाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा विराटगनरस्थित गोल्डेन अस्पतालमा गएराती मृत्यु भएको हो।

उक्त सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २० प २४७० नम्बरको मोटरसाइकल चालक ग्रामथान–५ का २८ वर्षीय नवराज मण्डल रहेको र दुर्घटनापछि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।