ताप्लेजुङ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा प्रदर्शन गरिएको छ। सदरमुकाम फुङलिङमा एमसीसी विरोधमा प्रदर्शन गरिएको हो।
नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपाल र अखिल क्रान्तिकारी ताप्लेजुङको सयुक्त आयोजनामा एमसिसी विरुद्ध उत्रिएकाहरुले बजार परिक्रमा गरेका थिए।
एमसीसीविरुद्ध नेकपा एस र उसका भातृ संगठन नेत्रबिक्रम चन्द‘बिप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी,बैज्ञानिक समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी सहित आन्दोलनमा छन्।

