विराटनगर । प्रदेश १ का तीन जिल्लामा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य सम्बन्धि दोश्रो चरणको परियोजना सुरु भएको छ ।युनएफएपीए, भिएसओ नेपाल र आईपाससँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च विराटनगरले परियोजना संचालन गरेको हो ।
परियोजना मोरङको विराटनगर, उदयपुरको त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका र ओखलढुङ्गाको सिद्धिचरण, मानेभन्ज्याङ, मोलुङ र चिशंखुगढीमा शुरु भएको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् । तीन जिल्लाका ९ वटा स्थानीय तहका ४१ वटा वडामा परियोजना संचालन हुनेछ ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य संवन्धि परियोजना अन्र्तगत ९ वटा स्थानीय तहका किशोर–किशोरीका लागि विराटनगरमा १२ दिने रुपान्तरण सम्बन्धि तालिम दिइएको अध्यक्ष उपाध्यायले बताइन् । माघ २९ गतेदेखि सुरु भएको रुपान्तरण तालिम बुधबार सकिएको छ । तालिममा २२ जना किशोर –किशोरी सहभागी थिए ।

२०२४ अगष्ट सम्म चल्ने परियोजना गत अगष्टदेखि शुरु गरिएको हो । अभियान अन्तर्गत लैंगिक विभेदमा आधारित हिंसा रोकथामका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिनेछ ।
फोटो