विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा आजदेखि नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगिता फागुन १४ गतेसम्म हुनेछ । लिग नकआउटका आधारमा सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा १० वटा लिग खेल हुने आयोजकले जनाएको छ ।
मारवाडी समुदायबीच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, महेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च, नेपाल मारवाडी ब्राम्ह्ण युवा मञ्च र मेड स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टीकर्स, प्रिमियर–११, हुलास–११, परशुराम वारियर्स र सिएसबि–११ सहभागी हुने बताइएको छ ।
बिजेताले ६१ हजार रुपैयाँ तथा ट्रफि र उप बिजेताले २१ हजार रुपैयाँ तथा ट्रफि पाउने बताइएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५ हजार एक सय रुपैयाँ , प्रत्येक खेलको म्यान अफ द म्याचका खेलाडीले दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट बलर तथा उत्कृट ब्याट्सम्यानसमेतले नगद पुरस्कार तथा ट्रफि पाउने आयोजकले जानाएको छ ।
क्रिकेट प्रतियोगिताको प्रचारप्रसार गर्ने उद्देश्यले मंगलबार विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुलीसहितले मोटरसाइकल ¥याली गरेका थिए । मारवाडी सदनबाट सुरु भएको भएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी शंकरपुरको खेलमैदानमा पुगेर समापन भएको संयोजक हेमन्त अग्रवालले बताए ।