विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा भोलीदेखि शूरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताका पूर्व सन्ध्यामा मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
र्यालीको आज विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुलीले एक कार्यक्रम विच रिवन काटेर उद्घाटन गरे । मारवाडी सदनबाट शूरु भएको र्यालीले महानगरपालीका चौकदेखि मेनरोडका गोल्छो चौक, जलजला चौक, ट्राफिक चौक, रोडशेष चाए हुँदै बसपार्क, महेन्द्र चौक, विजुली अफिस चौकबाट बरगाछी हुँदै तिनपैनी चौकबाट डिएपी रोड हुँदै खेल स्थान शंकरपुरको खेलमैदानमा आएर समान गरिएको खेल सम्योजक हेमन्त अग्रवालले बताए ।
प्रतियोगिता फागुन ११ गतेदेखि १४ गते सम्म हुने प्रतियोगिता लीगकम नकआउटको आधारमा हुने छ । प्रतियोगितामा १० बटा लिग खेल हुने आयोजकले जनाएको छ । लिगको टप पहिलो र दोस्रो हुने टिमविच फाइनल प्रतिस्पर्धा हुने छ ।
मारवाडी समुदायविच खेलाइने प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च र मेड स्वर्णकार युवा मञ्चका क्रमश म्याजिक स्टीकर्स, प्रिमियर–११, हुलास–११,परशुराम वारियर्स र सिएसवि–११ सहभागि रहेका छन् ।
विजेताले ६१ हजार तथा ट्रफि र उप विजेताले २१ हजार तथा ट्रफि हात हात पार्ने छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५१ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने देलाडीले नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यानसमेत नगद पुरस्कार तथा ट्रफि हात पार्ने छ । प्रतियोगिता सम्मान्न गर्न करिव ८ देखि १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । खेल १०–१० ओभरको खेलाइने छभने फाइनल खेल १२ ओभरको हुने एमपिएल–९ का अध्यक्ष अभिषेक केडियाले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।