लोड हुँदैछ...

मेनु

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

काठमाडौं । संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा.दुमनसिंह थापाको निधन भएको छ ।

केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा.थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

अर्घाखाँची घर भएका डा.थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।

डा.थापा मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।