राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं ।भोलि सोमवार माघ १७ गते बस्ने तय भएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतद्धारा जारी सूचनामा सोमवारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

‘राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावाली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

माघ १६, २०७८, दिउँसोको ०४:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर