लोड हुँदैछ...

मेनु

निर्वाचन आयोगको निर्णयलले एमालेलाई पनि अप्ठ्यारो, चुनाव चिन्ह सूर्य हट्नसक्ने

निर्वाचन आयोगको निर्णयलले एमालेलाई पनि अप्ठ्यारो, चुनाव चिन्ह सूर्य हट्नसक्ने

काठमाडौं । निर्वाचन आयोगको एउटा निर्णयका कारण नेकपा एमालेको चुनाव चिन्ह सूर्य हट्नसक्ने देखिएको छ । जुन निर्णयकै आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिन्ह गाईलाई पनि परिवर्तन गर्न निर्वाचन आयोगले निर्देशन दिइसकेको छ ।

आयोगको निर्णयमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ उल्लेख छ ।

आयोगले उक्त निर्णय गरेको भन्दै गत माघ २ गते राप्रपालाई गाई चुनाव चिन्ह हटाउन पत्र लेखेको थियो । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।

आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ । यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

bhageshwar majhi
January 24, 2022 7:22 PM

nirbachan aayoglai nationality carry gareko man parena. political parties le nationality bokeko kura lai band garnu galat ho

प्रतिक्रियाहरू बन्द छन्।