विराटनगर । गठबन्धनसम्बद्ध सरकार संचालन समन्वय समितिको बैठकले संवैधानिक व्यवस्था अनुसार चुनाव गर्न गठबन्धन दलले कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय गरेको छ ।

समितिको भर्खरै बालुवाटारमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरू प्रतिबद्ध रहेको पनि निर्णय गरिएको छ ।

‘तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तिनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ र प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदहरुसङ्ग परामर्श गर्ने,’ निर्णयमा उल्लेख गरिएको छ ।