नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा

नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा

विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगरको होटल मनास्लुमा भोली विहान ११ वजेदेखि शुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुन जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबााबु पण्डित, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुको सहभागिता रहने बताइएको छ । जिल्ला अधिवेशनमा १ हजार ४ सय ३० जना प्रतिनिधि सहभागी हुने उनले बताए । पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहने उनले बताए ।

जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट पनि प्रतिनिधि सहभागी हुने खतिवडाले बताए । ‘वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ,’ नाराका पुस २३ र २४ गते हुने अधिवेशनले पूर्ण समावेशी नेतृत्व चयन गर्ने सचिव खतिवडाले बताए । उनले भने, ‘जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।’ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव,उपसचिव २ सहित १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने खतिवडाले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्