विराटनगर । विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट विराटनगर जेसिजको ४९ औ अध्यक्षमा सन २०२२का लागि अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन ।

त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा, कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल, तालिम निर्देशकमा प्रवेश दुलाल, उपाध्यक्षमा स्वरुप खनाल, मिलाप कर्ण, दिपा शाह, अमित अग्रवाल र जनसम्पर्क अधिकारीमा निरज ढकाल निर्वाचित भएका छन् ।

विराटनगर जेसिजलाई आगामी दिनमा समाजमा देखिने सुनिने र सबैले सम्झने किसिमको बनाउनलाई आगामी दिनमा आफ्नो ध्यान केन्द्रित हुने र समाजसँग जेसिज कार्यक्रम मार्फत समाज सँगै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।

त्यस्तै विराटनगर जेसिजका वर्तमान अध्यक्ष प्रदिप दाहालले चाँडै नै पदस्थापना कार्यक्रम सञ्चालन गरि पद हस्तान्तरण गरिने जानकारी दिए । आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आफ्नो साथ विराटनगर जेसिजलाई रहने र आफू हातेमालो गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।

निर्वाचन प्रक्रियामा विराटनगर जेसिजका पूर्वअध्यक्ष, विराटनगर जेसिज वर्ष २०२१ को बोर्ड, विराटनगर जेसिजका सदस्यहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकारलगायतको उपस्थित रहेको थियो । एक ब्यक्ती एक कार्यकाल र एक पद रह्ने र हरेक बर्ष निर्वाचन प्रकृयाबाट नया बोर्ड गठन हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम निर्वाचन प्रक्रिया बाट नया बोर्ड गठन भएको नव निर्वाचित जन सम्पर्क अधिकारी निरज ढकालले बताए ।।