साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेको भाइलाई मोरङ अदालतमा उपस्थित गराइयो

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेको भाइलाई मोरङ अदालतमा उपस्थित गराइयो

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ । इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो ।

अदालत उपस्थित गराएको रमेशको भोलि मोरङ अदालतमा बयान हुने र सोहिदिन थुनछेक बहस हुने अदालतले जनाएको छ ।

रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुणामणि उप्रेती(गोरे)का भाइ हुन्न् । सुन तस्करी प्रकरणको रहस्य बाहिरिए पछि फरार भएका उनी युएईमा बस्दै आएका थिए ।

उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेशलाई  हिजो दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल ल्याइएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्