लोड हुँदैछ...

मेनु

प्रदेश १ : राष्ट्रियसभाका ६ उम्मेद्वारको मनोनयन दर्ता (फोटो)

प्रदेश १ : राष्ट्रियसभाका ६ उम्मेद्वारको मनोनयन दर्ता (फोटो)

विराटनगर । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

जसमा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा रहेका छन् । यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भएका/अल्पसंख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रदेश १ को निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनीहरुले उम्मेद्वारी दर्ता गरेका हुन् । उम्मेद्वारी दर्ता गर्ने क्रममा गठबन्धन दल तथा नेकपा एमालेका कार्यकर्ताहरुले आ–आफ्नो पक्षमा नारा लगाएका थिए । निर्वाचन कार्यालय परिसरमा पार्टी कार्यकर्ताहरुको भीडभाड देखिएको छ ।

प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि हुनलागेको निर्वाचनमा पाँचदलीय गठबन्धन एमालेका लागि भारी पर्ने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।