अनेमसंघ (समाजवादी) प्रदेश भेला : सांसद गुरुङको अध्यक्षतामा प्रदेश कमिटी गठन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट महिलाहरुको पहिलो प्रदेश भेला शनिबार सम्पन्न भएको छ ।

भेलाले प्रदेश सभा सदस्य पदमकुमारी गुरुङको अध्यक्षमा अखिल नेपाल महिला संघ (समाजवादी) १ नं प्रदेश कमिटी गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष तथा स्कुल बिभाग प्रमुख प्रमेश हमाल र उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज घनेन्द्र बस्नेत, महासचिव बुदुराम भुषाल लगायतका नेताहरुको उपस्थित भेला आयोजना गरिएको प्रदेशसभा सदस्य तथा अनेमसंघ (समाजवादी) प्रदेश १ महिला फाँट इन्चार्ज सरिता थापाले जानकारी दिइन् ।

भेलामा प्रदेश १ अन्तरगतका १४ मध्ये १३ जिल्लाबाट प्रतिनिधिहरु उपस्थित भएका थिए । भेलामा उपमहासचिव बिजय पौडेल, सचिव गरिमा साह, पोलिटब्युरो सदस्य बलदेव चौधरी, सचिव महेश रेग्मी र अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष जयन्ती राई लगायतको उपस्थिति थियो ।

सोमबार, १९ पुष, २०७८, बिहानको ११:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर