विराटनगर। नेपाली काङ्ग्रेस मोरङको आज बसेको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले नेपाली आगामी एक वर्षसम्म गर्ने कार्यक्रमको योजना निर्माण गर्न टिओआर समिति गठन गरेको छ।
समितिको संयोजकमा पार्टी उपसभापति भक्तिनाथ माझी रहेका छन् समितिको सचिवमा पार्टी जिल्ला सचिव मोदराज घिमिरे रहेका छन् । सदस्यमा जिल्ला सदस्यहरु वीरेन्द्रकुमार साह,अञ्जना अधिकारी र कमला रिमाल छन्।
काङ्ग्रेसलाई सक्रिय र चलायमान बनाउन समितिले १५ दिनभित्र जिल्लाको विभिन्न स्थानमा भ्रमण गरेर पार्टीका कार्यकर्तासँग भेटघाट गरेर सुझाव संकलन गर्ने समितिका संयोजक भक्तिनाथ माझीले बताए।
‘कांग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जनताको समस्यामा केन्द्रित रहेर काम गर्न हामीले दबाब सिर्जना गर्ने छौं, जनताको समस्या नै हाम्रो समस्या हो त्यसैले जनताको समस्या समाधान गर्न हामी समस्याहरु बुझ्दै गाउँगाउँमा जाने छौं र समस्याको समाधानका लागि प्रयाप्त पहल गर्नेछौं,’ पार्टी सचिव घिमिरेले भने, ‘पार्टीका कार्यकर्ताको मर्म बुझेर आगामी एक वर्षको योजनाहरु निर्माण गर्ने छौं ।’
आउँदो स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन सक्रियताको साथ लाग्ने जिल्ला सदस्य तथा उक्त समितिका सदस्य वीरेन्द्रकुमार साहले जानकारी दिए ।