झापा गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुने

झापा गोल्डकपको पाँचौँ संस्करण फागुनमा हुने

विराटनगर । ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ फागुनमा हुने भएको छ ।

कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको गोल्डकप आउँदो फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको हो ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ ।

मोफसलकै प्रतिष्ठित यो प्रतियोगिता बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्